२०८० मंसिर १६ शनिबार

एसएसबीद्वारा सिकटाबाट एक नाबालिकाको उद्धार

वीरगञ्ज – मानव तस्करविरोधी एकाइ क्षेत्रीय मुख्यालय, बेतियाले सिकटाबाट एकजना नाबालिकाको उद्धार गरेको छ ।सिकटा नाकाबाट नेपाल ल्याउँदै गरेको अवस्थामा एसएसबीको टोलीले १६ वर्षीया नाबालिकालाई उद्धार गरेको र निजलाई ललाइफकाइ नेपाल ल्याउने प्रयास गरेका २० वर्षीय तालिम मियाँलाई पक्राउ गरिएको इन्स्पेक्टर मनोज शर्माले बताए ।

प्रयास संस्थाकी आरती कुमारीले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा नाबालिकालाई नियन्त्रणमा लिएर सोधपूछ गर्दा निजले दुई महीनादेखि मियाँले आफ्नो पिछा गरेको र नेपालमा जागीर लगाइदिने र विवाह गर्ने प्रलोभन दिएर ल्याउन खोजेको प्रारम्भिक बयान दिएकी थिइन् ।

नाबालिका र मियाँलाई सिकटा थानामा बुझाएको र सिकटा थानाले मियाँलाई मोतिहारी जेल चलान गरेको र नाबालिकालाई परिवारको जिम्मा लगाएको बताइएको छ ।

२०८० आश्विन १४, आईतवार १५:१६ गते 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार