
वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिले विभिन्न होटलहरुमा अनुगमन गरी दोषी पाइएका होटल सञ्चालकलाई जरीबानापनि गरेको छ ।
होटल व्यवसायी संघका प्रतिनिधी र नगरप्रहरीका साथमा महानगरको बजार अनुगमन टोलीले सोमबार वीरगन्ज १० आदर्शनगर क्षेत्रमा रहेका होटलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री प्रयोग गरेको कसूरमा टोलीले आदर्शनगरस्थित माल्ट रेस्टुरेन्ट होटललाई २ हजार ५०० रुपैयाँ जरिबाना गगरेको छ । उक्त होटलमा एउटै तेल पटक पटक गरेको , आलु फ्राइ पत्रिकामा पस्केर ग्राहकलाई दिएको तथा टामाटो चपमा लेबल नभएको भेटिएपछि जरीबाना गरिएको टोलीमा संलग्न बजार ब्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरले बताए ।
सोमबारनै चिकेन स्टेसन , होटल वान इलाभेन , होटल पुजन , होटेल कन्ट्रि इन लगायतका होटलहरुमा पनि अनुगमन गरी अनुगमनका क्रममा भेटिएको त्रुटी सच्याउन चेतावनी दिइएको ठाकुरले जानकारी गराए ।
अनुगमन टोलीमा महानगरपालिकाको शाखा प्रमुख बिपिनलाल दास,गुणस्तर तथा नाप तौल कार्यलयका प्रतिनिधि आनन्द गुप्ता, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रम्हदेव प्रसाद यादव, सशस्त्र प्रहरीका कमलेशराज पुरी, होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त लगायतको सहभागीता थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।