
वीरगञ्ज – भारतबाट तस्करी गरी ल्याइएकाे २३ क्वीन्टल केराउ वीरगञ्जबाट प्रहरीले बरामद गरेकाे छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रेल्वेराेडमा अजय साहले सञ्चालन गरेकाे जय माँ गल्ला किराना स्टाेर्समा प्रहरीले छापा मारेर २३ क्वीन्टल २५ केजी केराउ बरामद गरेकाे हाे ।
गाेदाममा अनाधिकृत रुपमा भण्डारण गरेर राखिएको ९३ बाेरा केराउ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
बरामद केराउकाे बजार मुल्य २ लाख ७९ हजार रुपैयाँ रहृकाे उनले बताए ।बरामद केराउ थप अनुसन्धानका तथा कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।