२०८० मंसिर १६ शनिबार

भन्सार छलीकाे सामान बरामद

वीरगञ्ज –  प्रहरीले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेकाे छ ।जिल्ला प्रहरी कार्यालय अर्न्तगतका प्रहरी कार्यालयबाट मंगलबार रु ३ लाख २३ हजार ३ सय पन्चान्वे बराबरकाे भन्सार छली चोरी पैठारी गरी ल्याएका समानहरु बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

सर्टिङ थान कपडा १२४ मिटर, कुर्ता सुरवाल ४८ पिस, सलको थान कपडा २४० मिटर, चामल ६ बोरा, चिनी ७७ के.जी., रेडबुल ८८ पिस, ग्याँस सिलिण्डर ३ थान, ग्याँस चुल्हा २ पिस, केराउ ५० के.जी., चक्लेट-२६४ प्याकेट, प्याज १८९ के.जी लगायतका सामानहरु बरामद गरिएकाे प्रवक्ता थापाले वताए ।

बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको प्रवक्ता थापाले प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन् ।

२०८० आश्विन १७, बुधबार १०:३१ गते 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार