२०८० मंसिर १६ शनिबार

बाराको दर्जनौं स्थानका घरेलु मदिराभट्टीमा छापामारी

बारा – बाराको विभिन्न स्थानमा अखाद्य वस्तु मिसाएर घरेलु मदिरा बनाउने भट्टीहरु छयाप्छयाप्ती भएपछि जिल्ला प्रहरी कार्यालय, बाराले घरेलु मदिराभट्टी छापामारी तोडफोड गरी संलग्न व्यक्तिलाई कारबाही गर्न शुरु गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा, कलैया असोज १८ गते करैयामाई गा.पा. वडा न. ०३ गालोपट्टी, महागढीमाई न.पा. वडा न. १०, गंजभवानीपुरको ९ ठाउँमा रहेका अवैध घरेलु मदिरा भट्टी तोडफोड गरी कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २५ हजार लिटर नष्ट गरेको छ । मदिरा बनाउन प्रयोग हुने ड्रम १४ वटा, डेक्ची १ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा नियन्त्रणमा लिएको जिप्रका बाराका सूचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानेले जनाएका छन् ।

यसैगरी असोज १७ गते पचरौता न.पा.वडा नं.८ छपकैयाको ५ ठाउँमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टी तथा आदर्शकोतवाल गा.पा.वडा नं.६ पटेर्वाको दुई ठाउँमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टी तोडफोड गरेको छ । सो ठाउँबाट कच्चा पदाथ ४० हजार लिटर र तयारी मदिरा ४ हजार लिटर नष्ट गरेको तथा मदिरा राख्ने ड्रम ७६ वटा, मदिरा तयार पार्ने मेशिन ५ वटा नियन्त्रणमा लिएको सूचना अधिकारी प्र.ना.उ. दधिराम न्यौपानेले जानकारी गराएका छन् ।अखाद्य मदिरा र जताततै अवैध मदिरा भट्टि र पसलको कारण अहिले समाजमा अशान्ति फैलिएको एकजना बुजुर्गले बताए । प्रहरीले घरेलु मदिरामाथि नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

२०८० आश्विन १८, बिहीबार २१:५८ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार