२०८० मंसिर १६ शनिबार

छपकैयामा एक महिलाको हत्या

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर १ छपकैयामा एक महिलाकाे हत्या भएकाे छ । स्थानिय गगनदेव साहकाे ४० बर्षिय श्रीमति पुनम देवीकाे टाउकाेमा घरेलु हतियार प्रहार गरी हत्या भएको हाे ।

स्थानियका अनुसार शुक्रवार बिहान टाउँकोबाट रगत बगिरहेको अवस्थामा अचेत भेटिएकी पुनमलाई सुरुमा उपाचारकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा लगिएकाे थियाे ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई थप उपचारकाे लागि नेशनल मेडिकल कलेजमा लगियाे । यद्यपि त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरि दिए ।

पुनकाे शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएकाे छ । प्रहरीले घटना बारे अनुसन्धान थालेकाे छ । टाउकोमा घरेलु हतियारले हानेर पुनमलाई अचेत बनाएकाे हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुसन्धान छ । प्रहरी स्राेतका अनुसार मृतक पुनमको टाउँकोमा ४/५ ठाउँमा गम्भीर चोट लागेको देखिएकाे छ ।

जिउतियाकाे दिन विहान ब्रतालु महिलाहरुले दहि जिउरा (सरगही) खाने चलन छ । त्यस कै लागि शुक्रबार विहान अन्दाजी ४ बजेकाे समयमा पडाेसी बहिनीले मृतकलाई फाेन गरेर जगाउँन खाेज्दा फाेन उठिरहेकाे थिएन् ।

त्यसपछि ति पडाेसी बहिनीले मृतक पुनमकाे घर मै पुग्दा घरकाे मुल गेटमा अगाडी चुकुल लगाइएकाे थियाे । घरकाे चुकुल खाेलेर भित्र पस्दा मृतक पुनम सुत्ने काेठामा पनि अगाडीबाट नै चुकुल लगाइएकाे थियाे । साे घरकाे चुकुल खाेल्दा अचेत अवस्थामा भेटिएकी मृतक पुनमकाे ‘टाउँकोबाट रगत बगिरहेको देख्दा उनी कराउन थालिन ।

उनको हल्लापछि नजिकै रहेका घरबाट अन्य आफन्तहरु पनि घटनास्थलमा पुगे । आफन्तहरुले देख्दा उनी जिउँदै थिइन् । त्यसपछि उनको उपचारका लागि अस्पताल लगेका पुर्याएका थिए । 

वीरगंजकाे छपकैया मै ब्युटिपार्लर संचालन गर्दै आएकी मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनमको श्रीमान भारतको ग्वालियरमा राेजगारीकाे शिलसिलामा बस्दै आएका छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले घटना बारे अनुसन्धान भइरहेकाे वताए ।

२०८० आश्विन १९, शुक्रबार १८:४५ गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार