
वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्ज क्लबले वीरगञ्जको एक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री जेपी चर्तुवेदी माद्यामिक विद्यालयमा अध्ययनरत १ सय जना गरिब, विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका अध्यक्ष पियुष अग्रवालले बताए ।
अध्यक्ष अग्रवालका अनुसार स्कुल ब्यागसँगै, कपी, पेन्सिल लगायतका शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गरिएको हो । क्लबमार्फत विगत ४ वर्षदेखि विभिन्न सामुदायिक विद्यालयका साथै अन्य आवश्यक पर्ने संघ संस्थाहरुमा सहयोग गर्दै आएको अध्यक्ष अग्रवालले बताए । त्यसकै निरन्तरतास्वरुप विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको उनको भनाई छ ।
त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा सरिक गराउनका लागि आवश्यक पर्ने विभिन्न खेलकुद सामग्री पनि विद्यालयका व्यवस्थापक पक्षलाई हस्तान्तरण गरिएको क्लबका निवर्तमान अध्यक्ष अभिशेक सर्राफले जानकारी दिए । आगामी दिनमा अन्य विद्यालयमा पनि पुगेर गरिब, बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको सर्राफले बताए । रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिससँगै, नेपाल मासल्याण्ड संघ, एस श्री इम्पेक्स र प्रोस्टार नेपालले शैक्षिक तथा खेलकुद सामग्रीका लागि प्रायोजन गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।