२०८० मंसिर १६ शनिबार

वीरगञ्ज कलेजको दुईदिने ‘पर्सनल डाईनामिक’ तालिम शुरु

वीरगञ्ज – अबको शिक्षा सीप सहितको व्यवहारिक शिक्षाको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन् । वीरगञ्ज कलेजले ११ कक्षामा भर्ना भएका विद्यार्थीहरूका लागि आयोजना गरेको दुई दिने ‘पर्सनल डायनामिक्स’ तालिमको उद्घाटन सत्रमा वक्ताहरूले यस्तो आवश्यकता औँल्याएका हुन् । 

शनिवारदेवी वीरगञ्जको होटेल भिषूवामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले आजको युवा पुस्ताले भोलीको लागि ज्ञान प्राप्तिमा परिश्रम गर्न आवश्यक रहेको बताए । उनले किताबी ज्ञानले मात्रै आफूलाई परिपक्व व्यक्तिको रूपमा चिनाउन नसकिने भन्दै त्यसको लागि सीप आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछानेले सफल हुनका लागि चिन्तन सहितको अध्ययनको आवश्यकता रहेको बताए । उनले सफल जीवनका लागि उच्च नैतिक बल आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको अध्ययनका लागि प्रेरित समेत गरे । राम्रो अङ्क ल्याउने वा उच्च स्थान प्राप्त गर्ने दबाबमा नरहन आग्रह गरे ।

कार्यक्रममा वीरगञ्ज उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले विद्यार्थीहरूले सिक्ने ज्ञानलाई सीपमा बदलेर आयआर्जनसँग जोड्न सकियो भने मात्रै अध्ययन गरेको अर्थ रहने बताए । वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले समाजमा बुद्धिमान र विद्धानको अर्थ र परिभाषा सुनाउँदै विद्धान भन्दा बुद्धिमान बन्न विद्यार्थीहरूलाई सुझाव दिए ।

समाजमा विद्धान धेरै भए पनि बुद्धिमत्ताको कमली शिक्षाको गुणस्तरीयता पनि कमजोर हुँदै गएको बताउँदै बुद्धिमान नै शिक्षाको गुणस्तरको मानक भएको बताए । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन द्विवेदी, सौसभ सरार्फ, प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसिया, उपा–अध्यक्ष शिव गुप्ता, गणितका चर्चित शिक्षक लालबाबु यादव, ट्रिब्यून न्युज अनलाइनका सम्पादक नीरज पिटाकोटे, तुलसी भण्डारी, मनोज पटेल, मुस्कान श्रेष्ठ, जगत् राई, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

तालिमले विद्यार्थीहरूमा आत्मबल बढ्ने र भविष्यको बाटो कोर्नमा उनीहरूलाई सघाउने कलेजको विश्वास छ । कलेजको सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा कलेज प्रमुख विनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, कलेजका सहायक प्रमुख रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी, इसीए कोडिनेटर मनोज बर्नवाल, परीक्षा कोडिनेटर धर्मेन्द्र जयसवाल, बिबिएस इन्चार्ज दीपेशलाल दासलगायतका शिक्षकहरूको सहभागिता रहेको थियो । 

कार्यक्रमको सहजीकरण कलेजका शिक्षक कृष्णा पासवाले गरेका थिए । कलेजका छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

२०८० आश्विन २१, आईतवार ०९:०५ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार