
वीरगञ्ज । ट्राफिक प्रहरी पर्साले आज(सोमबार) वीरगञ्जमा सवारी साधनहरूमाथि अनुगमन गरेको छ । ट्राफिक प्रहरी पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको प्रत्यक्ष सक्रियतामा सवारीसाधनहरूको अनुगमन गरिएको हो ।
वीरगञ्जको मुख्य चौक घण्टाघर, बसपार्कलगायतको ठाउँमा अनुगमन गरिएको खतिवडाले बताए । उनले सडकमा जथाभाबी गाडी रोकेर यात्रु बसाउने तथा ओराल्ने, मोटरसाइकलमा दुई भन्दा बढी व्यक्तिलाई बसाउनेमाथि कारबाही समेत गरिएको जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै सडकमा भिडभाड बढ्ने र बजारमा पनि चहलपहल बढी हुने भएकोले त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको खतिवडाले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।