२०८० मंसिर १६ शनिबार

वडा प्रहरी कार्यालय विर्ताद्वारा ३ लाख बराबरको भन्सार छलीका सामग्री बरामद

वीरगञ्ज – वडा प्रहरी कार्यालय विर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ । 

भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएका अनुमानित ३ लाख मूल्य बराबरको सामग्री बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए । 

प्रहरी निरीक्षक बोगटीकाअनुसार १ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ । यस्तै ९० हजार बराबरको किराना सामग्री, सेक्स टोई ८० हजार बराबरको र १० हजार बराबरको कस्मेटिक सामग्री बरामद गरिएको बोगटीले बताए । बरामद सामग्रीलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बोगटीले जानकारी दिए । 

२०८० आश्विन २२, सोमबार १२:०२ गते 1 Minute 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार