२०८० मंसिर १६ शनिबार

वीरगञ्जमा ट्राफिकको सहायता कक्ष

वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले दसैँ, तिहार र छठमा यात्रुको सजिलोका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्ज बसपार्क, परवानीपुर र भन्सार नाकालगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्जका प्रमुख ट्राफिक प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए।

उनले कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए। चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

‘समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्ष हो, प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो,’उनले भने।

यात्रा गरिरहँदा चोरी भएमा, सवारीसाधनले वृद्धवृद्धा, महिला, अपांगता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न सहायता कक्षले सहयोग पुर्‍याउने प्रहरी निरीक्षक खतिवडाले बताए।

२०८० आश्विन २२, सोमबार २२:१३ गते 1 Minute 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार