
वीरगञ्ज – सशस्त्र प्रहरीले विरगंज महानगरपालिकाकाे वडा नं. ५ स्थित रेल्वे राेडबाट बुधबार २ लाख ८१ हजार रुपैयाँ बराबरको भन्सार छली चोरीपैठारीको लत्ताकपडा र साईकल पक्राउ गरेकाे छ ।
विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।
बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय विरगंजमा बुझाईएको डिएसपी श्रेष्ठले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।