२०८० मंसिर १६ शनिबार

डेसिमल कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

वीरगञ्ज – डेसिमल स्कूल एण्ड कलेजले वीरगंज गण्डकस्थित रहेको क्लार्कस रिसोर्टमा कक्षा ११ का नव प्रबेशी विद्यार्थीहरुकाे लागि ताजा भेटघाट तथा अभिवादन कार्यक्रम गरेको छ ।

कक्षा १२ द्वारा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली कांग्रेस वीरगंज महानगर समितिका अध्यक्ष मनेन्द्रलालले विद्यार्थीहरु अनुशासित हुनु पर्ने वताए । अनुशासनमा रहेर पढ्ने विद्यार्थीहरुलाई अवश्य नै लक्ष्य प्राप्ती हुने उनकाे भनाई थियाे ।

कलेजको संस्थापक अध्यक्ष सनी दुबेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया, ठाकुराम बहुमुखी क्याम्पसका प्राध्यापक सन्तोष गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रेमचन्द्र दुबे, नेशनल प्यबस वीरगंजका महनगर अध्यक्ष जियालाल गुप्ता, नगर सचिव शेख अजहर लगायत डेसिमल स्कूलका शिक्षक, शिक्षिका र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई प्रशिक्षण दिनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएकाे थियाे ।

२०८० आश्विन २७, शनिबार २२:०३ गते 1 Minute 220 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार