
वीरगञ्ज – यात्रुहरूको सुविधाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जको बसपार्कमा पनि “यात्रु सहायता कक्ष” स्थापना गरेको छ ।
नेपालीहरूको ठूलो पर्वहरू दसैँ, दीपावली र छठ पर्वलाई लक्षित गर्दै बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको शनिवार एक कार्यक्रमकाबिच वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।
यात्रुहरूले सहायता कक्षमा अपराध, दुर्व्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरू राख्न सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडाले बताए ।
साथै अन्य ट्राफिक पोस्ट तथा नेपाल प्रहरीका सम्पूर्ण कार्यालयहरूमा समेत यात्रुले सहायता लिन सकिने इन्स्पेक्टर खतिवडाले जानकारी दिए ।
सहायता कक्षमा सचेतनाका लागि आवश्यक सामग्रीसहित विभिन्न गन्तव्यका लागि सरकारले निर्धारण गरेको भाडा दर भएको सूची पनि राखिएको छ । कक्षमा यातायात व्यवसायी सङ्घ, नागरिक समाज, ट्राफिक प्रहरीदेखि नेपाली प्रहरीसम्मका प्रतिनिधि रहने छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।