
वीरगञ्ज – पर्साबाट प्रहरीले भन्सार छलेर ल्याइएका खाद्यन्न सामाग्री तथा लत्ताकपडा बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ गिरिजा चोकबाट ५ लाख ८९ हजार ५९० रुपैँया बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अटोमा लोड गर्दै गरेको अवस्थामा उक्त परिमाणमा सामग्री बरामद गरेको हो । पर्सा प्रहरीका अनुसार काजु, मैदा, चिनी, ललिपप चक्लेट, तिलौरी पापड, केराउ, स्न्याकर चकलेट, सुर्ती, सर्ट थान कपडा, पार्दा रेडिमेट, कुसन कभर र कुर्ता सुरुवाल पक्राउ गरिएको हो ।
प्रहरी टोलीलाई देख्नसाथ तस्कर भने सामान छाडी फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले बताए । बरामद सामग्री आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।