२०८० मंसिर १६ शनिबार

बिलबिजकभन्दा बढीको सामग्री लोड ट्रक बारा प्रहरीद्वारा नियन्त्रण

वीरगञ्ज – बिलबिजकभन्दा बढी (ओभरलोड)  एउटा ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा प्रहरीले बुधवार एउटा सूचना जारी गर्दै जिल्लाको जितिपुरसिमरा उपमहानगरपालिका – २१ अमलेखगञ्ज चोकबाट ५९ लाख १२ हजार  ७१७ रुपैयाँ बराबरको बिलबिजकभन्दा बढीको सामग्री लोड ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँको लागी छुटेको एउटा ट्रकमा बिलबिजकभन्दा बढीको सामग्री लोड रहेको विशेष सूचनाको आधारमा प्रहरीले गए राती अमलेखगञ्ज चोकमा ना.३.ख.५६७२ नं.को ट्रकलाई रोकी चेकजाँच त्यसबाट बिलबिजक भन्दा बढीको हार्डवेयर तथा अटो पार्टका सामानहरू बरामद भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले बताए । 

२०८० कार्तिक १, बुधबार १७:५९ गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार