२०८० मंसिर १६ शनिबार

छुरा प्रहार गरि महिलाको हत्या

वीरगञ्ज  पर्सामा छुरा प्रहार गरि एक महिलाकाे हत्या भएकाे छ । छुरा प्रहारबाट वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी ३५ बर्षिय महिमा खातनुकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार राति ९ बजे श्रीमानकाे छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाकाे आज विहान १० बजे मृत्यु भएकाे हाे । छुरा प्रहारबाट गम्भिर घाइते महिमाकाे वीरगञ्ज हेल्थ केयरमा उपचारकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक (डिएसपी) ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

मृतककाे शव पाेष्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले वताए । घटना बारे अनुसन्धान भइरहेकाेले थप विवरण पछि पत्रकार सम्मेलन गरेर जानकारी गराइने डिएसपी श्रेष्टले वताए । 

छुरा प्रहार गर्ने आराेपति श्रीमान ४५ बर्षिय इजहारुल हक अंसारी फरार रहेकाे प्रहरीले जनाएकाे छ । घटनामा सलंगन इजहारुलकाे जेठी श्रीमती ४० बर्षिय नुर जहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

मृतक महिमा इजहारुलका कान्छि श्रीमती हुन् । जेठी श्रीमतीसंग बालबच्चा नभएपछि इजहारुलले बाराकाे कलैयाकाे घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए ।  महिमाकाे एउटा ३ बर्षिय छाेरी र एक बर्षिय छाेरा रहेका छन् । 

वीरगंज कै राधे‍माईस्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय पहिला श्रीमान इजहारुल विरुद्ध अदालतमा अंशकाे मुद्दा दिएकी थिइन । मुद्दा हाल विचारधिन अवस्थामा रहेकाे उनका आफन्तजनले जनाएका छन् । 

२०८० कार्तिक ५, आईतवार १५:१५ गते 1 Minute 106 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार