२०८० मंसिर १६ शनिबार

वडा अध्यक्ष हिराकाजी महर्जन प्रहरी थुनामा

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हिराकाजी महर्जनलाई प्रहरीले रातभर थुनामा राखेर साेमबार बिहान छाडेकाे छ ।

आइतबारराति रक्सी सृवन गरेर प्रहरीसंग अभद्र व्यवहार गरेका महर्जन लाई प्रहरीले नियन्त्रणमा लिएर रातभर प्रहरी थुनामा राखेकाे थियाे ।उनलाई साेमबार बिहान १० बजेतिर आफन्तकाे जिम्मा लगाएर घर पठाइएको पर्साका प्रहरी उपरीक्षक काेमल विक्रम शाहले जानकारी दिए।

शाहका अनुसार, वडाअध्यक्ष महर्जनले आइतबार राति रक्सी सेवन गरेर हाेहल्ला गरेकाे भन्दै स्थानीयले गुनासाे गरेपछि पुगेकाे प्रहरीहरुसंगै उनले अभद्र व्यवहार गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी कार्यालयकाे थुनामा रातभर राखेको थियाे ।

२०८० कार्तिक ६, सोमबार ११:३६ गते 1 Minute 452 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार