
वीरगञ्ज – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलकाे ७१ ओैं स्थापना दिवसको अवसरमा वीरगञ्जमा शुक्रबार साँझ दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।नेपाल तरुण दल पर्साकाे आयाेजनामा माईस्थानस्थित गहवामाई मन्दिर अगाडिको पार्कमा दीप प्रज्वलन गरिएको हाे ।
कार्यक्रममा प्रमुख अतिथी एंव नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले मुलुकमा प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्र स्थापनामा तरुण दलकाे महत्त्वपूर्ण भूमिका र याेगदान रहेकाे बताए ।अहिले फेरि लाेकतन्त्र खतरामा पर्न लागेकाे बेला यसलाई जाेगाउन फेरि तरुण दलकाे विगतकाे जस्ताे भूमीका आवश्यक रहेकाे उनले बताए ।
तरुण दल पर्साका सभापति विकास तिवारीकाे अध्यक्षतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेता श्याम पाेखरेल, कांग्रेस पर्साका सचिव एंव वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस पर्साका सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति अनिल सिंह, कांग्रेस युवा नेताहरु सराेज चाैरसिया, दिलिपराज कार्की ,नेविसंघ पर्साका सभापति रमेश यादव लगायतको सहभागीता थियाे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।