२०८० मंसिर १६ शनिबार

शिक्षालाई निजीकरण गर्ने रोगले मधेशको शिक्षाको गुणस्तर ध्वस्त भयो : शिक्षामन्त्री यादव

वीरगञ्ज – मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताउनुभएको छ ।

महेन्द्र विन्देश्वरी बहुमुखी कलेजमा जिल्लाका बुद्धिजिवीहरुको आयोजनामा आयोजित मधेशको शैक्षिक अवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । शिक्षामन्त्री यादवले मधेस प्रदेशको शिक्षाको गुणस्तरमा काम गर्न अझै बाँकी रहेकाले वर्तमान सरकारले त्यसमा ध्यान दिइरहेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर सूर्य यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षालाई निजिकरण गर्ने भनि नेपालको संविधानमा उल्लेख गरेको पक्ष नै विभेदपूर्ण तथा शिक्षाको गुणस्तर खस्काउने कारण रहेको बोडेवर्साइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप यादवले बताउनुभयो ।

स्थानीय तहले पनि शैक्षिक गुणस्तर सुधार, प्राविधिक शिक्षाभन्दा भौतिक निर्माणतिर मात्र केन्द्रित भएको उहाँले टिप्पणी गर्नुभयो ।

२०८० कार्तिक १०, शुक्रबार १५:२१ गते 1 Minute 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार