२०८० मंसिर १६ शनिबार

दशैंको अबधीमा २२ सडक दुर्घटना २ जनाको मृत्यु, ३८ जना घाइते

वीरगञ्ज – दशैं अवधिमा पर्सामा २२ वटा सवारी दुर्घटना भएका छन् । कार्तिक ४ सप्तमीकाे दिनदेखि कार्तिक ७ गते विजयादशमीकाे दिनसम्म चार दिनकाे अवधिमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरू गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस अवधिमा २३ वटा मोटरसाइकल, ७ वटा कार / जिप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तिन वटा अटो दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको हो । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।

यसै गरी ट्राफिक नियम उल्लङ्घन गरी चलाएका ३६२ वटा सवारी साधनहरूबाट ३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलनसमेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस वर्षको दसैँमा गत वर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

२०८० कार्तिक ११, शनिबार १०:३१ गते 1 Minute 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार