
वीरगञ्ज – वीरगञ्जबाट हेटौंडा तर्फ जाँदै गरेको यात्रुवाहक बसबाट ठूलो परिमाणमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।लागु औषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका ४० वर्षिय रबिन्द्र केसी रहेका छन् ।
उनको साथबाट नेपालमा प्रतिबन्धित लागु औषध फेनारगन ३ सय पिस , डाइजापाम ३ सय पिस र नुरफिन ३ सय पिस गरि ९ सय पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
थापाका अनुसार , वीरगञ्जबाट हेटौंडा तर्फ जाँदै गरेको ग.१ ख. ९६२६ नम्बरको यात्रुवाहक बस प्रहरीले परवानीपुरमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा केसीले बसका चालक बस्ने सिटको मुनि लुकाएर राखेको सेतो झोलबाट ती लागु औषध बरामद भएको थापाले जानकारी दिए ।
लागु औषध सहित पक्राउ परेका केसीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको थापाले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।