
बीरगञ्ज – पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।
बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गुप्तामाथि ९५ लाख ठगीको मुद्दा दर्ता छ । त्यहीँ आधारमा बिटु गुप्तालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए ।पक्राउ परेका बिटुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।