२०८० मंसिर १६ शनिबार

वीरगञ्जको बाटो हुँदै रक्सौल पुगेकी युवतीको भारतीय प्रहरीद्वारा उद्धार

वीरगञ्ज – वीरगञ्जबाट तस्करी गरेर भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार गरिएको छ ।

विभिन्न प्रलोभन देखाएर ललाइफकाइ तस्करी गरेर भारत लागिरहेको अवस्थामा वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलको हजाम टोलबाट नेपाली युवतीको उद्धार गरिएको हो । 

भारतको मानव तस्करी रोदी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७ औं बटालियनले युवतीको उद्धार गरेको इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए ।युवतीलाई भारत लागिरहेका मानव तस्कर मोहम्मद इरफानलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । युवतीका अनुसार इरफानले आफ्नो नाम विवेक चौधरी बताएका थिए । उनले युवतीलाई करणी समेत गरेको बुझिएको छ । रोदी एकाइ मुख्यालयका इन्स्पेक्टर शर्माका अनुसार इरफान पहिलादेखि नै विवाहित छन् र उनका चार जना सन्तान समेत छन् ।

पक्राउ परेका इरफानलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको र बालिकालाई प्रयास जुवेनाइल एड सेन्टर रक्सौलमा राखिएको संस्थाकी आरती कुमारीले बताइन् ।

२०८० कार्तिक १२, आईतवार ११:५० गते 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार