
वीरगञ्ज – प्रहरीले वीरगञ्जबाट हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२६ निवासी २१ वर्षिय साहिल अन्सारी र साेही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेकाे हाे ।
चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलकाे खानतलासी गर्दा निजले पिठ्यूमा भिरेको ग्रे रंगको झोलामा अबैध कटुवा पेस्तोल एक थान फेला परेको प्रहरीले जनाएकाे छ ।
उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न सरफराज समेतलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका दुबै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे उनले वताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।