
वीरगञ्ज – बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदारसा टाेलस्थित आज दिउसाे अज्ञात समुहद्वारा भएकाे गाेली प्रहारबाट गम्भिर घाइते रुपेश स्वर्णकारकाे मृत्यु भएकाे छ ।
कलैयाको बाल एकता बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सिपल ३५ बर्षिय स्वर्णकारकाे उपचारकाे क्रममा वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
कलैया बजारबाट खाजा लिई स्कुल तर्फ जादै गरेकाे स्वर्णकारमाथि साेमबार दिउसाे १:१५ बजेकाे समयमा नम्बर नखुलेकाे माेटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुकाे समुहले गाेली प्रहार गरि फरार भएका थिए । कालो सर्ट, जिन्स पाईन्ट लगाएको र मुखमा रुमाल बान्धेको मानिसहरुले गोलि प्रहार गरि फरार भएकाे प्रहरीले जनाएकाे छ ।
अज्ञात समुहले ना. ५३ प. ९१२८ नम्बरकाे २२० सिसिकाे प्लसर मोटरसाइकलमा सवार स्वर्गकारकाे छाती र टाउकोमा दुई राउन्ड गोलि प्रहार गरि फरार भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।
गम्भिर घाइते स्वर्णकारकाे प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि वीरगंजस्थित बयाेधा हस्पिटलमा रेफर गरिएको थियाे । बयाेधा हस्पिटलमा उपचारकाे क्रममा १:५६ बजे मृत्यु भएकाे बारा प्रहरीले जनाएकाे छ ।
गोलि प्रहार गर्ने समुहकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । घटना स्थलबाट सानो पेस्तोलमा लाग्ने ४ वटा गोलीको खोका समेत फेला परेको प्रहरीले जनाएकाे छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।