
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गरि घाइते बनाउने प्रहरीलाई कारबाही नगरिए चरणबद्ध आन्दोलनमा उत्रिन चेतावनी महानगरका जनप्रतिनिधिहरुले दिएका छन् ।
साेमबार जिल्ला प्रशासन कार्यालय पर्सामा तीन दिने अल्टिमेटमसहितकाे ज्ञापनपत्र बुझाउँदै महानगरका ३२ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दाेषी प्रहरीलाई तीनदिन भित्र कारवाही नगरिए चरणबद्ध आन्दाेलन गर्ने चेतावनी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई महानगरका जनप्रतिनिधिहरुले बुझाएको ज्ञापनपत्रमा चरणबद्ध आन्दाेलन अन्तर्गत पहिलाे दिन ३२ वटै वडा कार्यालयमा वडाध्यक्षहरुले हातमा कालाे पट्टी बाँधेर काम गर्ने, दाेस्राेदिन वडा कार्यालयमा बिहान १० देखि दिउँसाे १ बजेसम्म सेवा प्रवाह ठप्प पार्ने, तेस्राेदिन दिनभर वडा कार्यालयकाे सेवा प्रवाह बन्द गर्ने र चाैथाेदिन वीरगन्जको घणटघर चाेकमा विराेध प्रदर्शन गर्ने उल्लेख छ ।
त्यति गर्दासमेत दाेषी प्रहरीलाई कारबाही नगरिए दाेस्राे चरणकाे आन्दाेलनका कार्यक्रम घाेषणाा गरिने वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकारले बताए ।
वडाअध्यक्ष महर्जनलाई दशैंकाे महाष्टमीकाे राति इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सन्ताेष तुराहाले अपराधीसरह व्यवहार गरि कुटपिट गरेर घाइते बनाएकाेले उक्त घटनाकाे सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने आफुहरुकाे माग रहेकाे वीरगन्ज २० वडाध्यक्ष रामकिशाेर सिंह परागले बताए ।
यसअघि नेपाली कांग्रेस पर्सालेपनि वडाध्यक्ष महर्जनलाई कुटपिट गर्ने प्रहरी नायब निरीक्षक तुराहालाई कारबाहीकाे माग गर्दै गत शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियाे ।
कार्तिक ५ गते महाष्टमीका राति रेल्वेराेडस्थित हनुमान मन्दिरमा भईरहेकाे धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकाे र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा प्रहरी नायब निरीक्षक तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुकासाथै रातभर प्रहरी थुनामा राखेका थिए ।प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेकाे थियाे ।कुटपिटबाट घाइते महर्जनकाे आँखामा गम्भीर चाेट लागेकाे छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।