२०८० मंसिर १६ शनिबार

पर्सामा जनमत पार्टीकाे जिल्ला समिति विस्तार,अध्यक्षमा सर्राफ

वीरगञ्ज – जनमत पार्टी पर्साको जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता ओमप्रकाश सर्राफले पाएका छन् । 

यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका सर्राफलाई जिल्ला इन्चार्ज माधव सिंहले बिहीबार अध्यक्षको जिम्मेवारी दिएको हो । सर्राफले संयोजकका रूपमा गरेको काम, कारबाही र पार्टी विस्तारका लागि देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै उनलाई अध्यक्षको जिम्मेवारी दिइएको इन्चार्ज सिंह बताए ।

सर्राफको नेतृत्वमा ९७ सदस्सीय जिल्ला समन्वय समिति समेत गठन भएको छ । जसको उपाध्यक्ष परवेज अख्तर, प्रमोद यादव (ग्वाला) र अमरनाथ सिंह (इन्दल) राठौर रहेका छन् । त्यस्तै सचिवमा शशी भूषण पाण्डे, कोषाध्यक्षमा अभिषेक तिवारी र सदस्यमा अजय यादव, अनुपमा तिवारी, अर्जुन महतो, अमीर मियाँ, अशोक पटेल, अर्बु नेशा, ई. सुनिलकुमार मुखिया, डा. रेयाजुल हललगायत रहेका छन् । 

नव गठित जिल्ला समन्वय समितिले पार्टीको कामलाई थप ऊर्जाका साथ अगाडि बढाउने आफूले विश्वास लिएको सह-इन्चार्ज मुकेश द्विवेदीले बताए । उनले पार्टीले यस पटक विस्तार गरेको नयाँ समितिमा अधिकांश युवा, बुद्धिजीवी, पेसागत वर्गका व्यक्ति र नयाँ अनुसारलाई ठाउँ दिइएको बताए।

२०८० कार्तिक १६, बिहीबार १७:५८ गते 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार