२०८० मंसिर १६ शनिबार

एक करोड बराबरको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले लगभग एक करोड बराबरको अवैध औषधी तथा खुद्रा सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले कार्तिक १५ गते राती वीरगञ्जबाट कास्की तर्फ जाँदै गरेको ना. ३ ख ५५७६ नम्बरको ट्रक वीरगञ्ज – १४ गण्डक चोकबाट नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा रहेको ट्रकबाट बिलबिजक भन्दा बढीको विभिन्न औषधी लगायतका खुद्रा सामग्री बरामद बहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए । 

विशेष सूचनाका आधारमा ट्रकलाई रोकेर चेकजाँच गर्दा विल बिजक शङ्कास्पद देखिएपछि नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए ।

ट्रकसहित बरामद सामग्रीको मूल्य ९९ लाख ६९ हजार रुपैयाँ मूल्याङ्कन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले बताए ।

२०८० कार्तिक १७, शुक्रबार १३:१६ गते 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार