
वीरगञ्ज – भारतबाट तस्करी गरी वीरगञ्जमा ल्याइएको करिब ९० हजार रुपैयाँ मूल्यको विदेशी चकलेट प्रहरीले बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका – ७ रेल्वे रोडस्थित रामबाबु प्रसाद कलवारको घरमा भण्डारण गरी राखिएको चकलेट प्रहरीले बरामद गरेको हो ।
कलवारको घरमा एक कारोबारीले कोठा भाडामा लिई लुकाएर राखेको डयाडी बम चकलेट–२१० डिब्बा, विलानो चकलेट–१८७ डिब्बा, सफटी टाईम चकलेट–३७ डिब्बा, कुकिज चकलेट– ४८ डिब्बा, स्पेन बम चकलेट–१६ डिब्बा र चोका फ्रि चकलेट–१५६ डिब्बा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद चकलेटको बजार मूल्य अन्दाजी ९० हजार ४९० रुपैयाँ रहेको प्रहरीको भनाई छ । चकलेट आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।