२०८० मंसिर १६ शनिबार

सिर्सिया नदीमा छठसम्म मात्रै प्रदुषण नगर्ने उद्योगीहरुको प्रतिबद्धता

वीरगञ्ज – वीरगञ्जको सिर्सिया नदीलाई प्रदु्षित गर्दै आएका उद्योगीहरुले छठपर्वसम्म मात्रै नदीमा प्रदुषण नगर्ने प्रतिबद्धता जनाएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको अग्रसरतामा बिहीबार बसेको सरोकारवाला उद्योगीहरुको बैठकमा उद्योगका सञ्चालकहरुले आगामी दीपावलीदेखि छठ पर्बसम्म सिर्सिया नदीमा प्रदु्षण र फोहोर पानी बिर्सजन नगर्ने प्रतिबतद्धता जनाएका हुन् ।

बैठकमा मरियम लेदर इण्डष्ट्रिज, नारायणी लेदर इण्डष्ट्रिज, शिवशक्ति घ्यू उद्योग, अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स, नेपाल लेदर इण्डष्ट्रिज, ग्लोबल लेदर इण्डष्ट्रिज, मारुती पेयर मिल्स, दुर्गा पल्पस इण्डष्ट्रिज लगायत अन्य उद्योगकाा सञ्चालकहरुको सहभागीता थियो ।

बैठकमा उद्योगीहरुले सिर्सिया नदीमा दीपावलीदेखि छठ पर्वसम्म उद्योगहरुले सफा पानी प्रवाहित गर्ने प्रतिबद्धता समेत जनाएको संघका अध्यक्ष अनिल अग्रवालले बताए । छठ पर्व बितेपछि लगतै फेरि सरोकारवाला उद्योगहरुको उपस्थितिमा पुनः वृहत बैठकको आयोजना गरि सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन ठोस कार्य योजना सहित अगाडि बढ्ने र त्यसको पहल संघले गर्ने अध्यक्ष अग्रवालले बताए ।

छठसम्म मात्र नदीमा प्रदुषण नगर्ने प्रतिबद्धता किन ? अनि त्यसपछि फेरि प्रदुषण गरिरहने हो ? भन्ने प्रश्नमा अध्यक्ष अग्रवालले भने,‘ अहिलेलाई छठ नजिकै आइसकेकाले यस्तो प्रतिबद्धता उद्योगीहरुले जनाएका हुन् । छठलगत्तै फेरि वृहत बैठक बसेर नदीलाई दीर्घकालसम्म कसरी सफा र स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा ठोस कार्ययोजना बनाउँछौ ।’

संघका अध्यक्ष अग्रवालकै अध्यक्षतामा बसेको बैठकमा संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, महासचिव आशीष लाठ, कोषाध्यक्ष शिवजी साहका साथै उद्योगीहरुको सहभागीता थियो ।

बीरगन्जको लाइफ लाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक देखि प्रदुषणको सिकार बन्दै आएको छ । पर्सा–बारा औद्योगीक कोरिडोरमा रहेका मध्ये करिब ४५ उद्योगहरुले उद्योगबाट निस्कने फोहोर जन्य पदार्थ र रसायनयुक्त फोहोर पानी सिधै नदीमा बिसर्जन गर्दै आएका कारण नदी प्रदुषित बनेको हो ।

२०८० कार्तिक १७, शुक्रबार १३:०८ गते 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार