२०८० मंसिर १६ शनिबार

वीरगञ्ज यातायात कार्यालयमा सेवाग्राहीकाे सहजताकालागि अनलाईन प्रणाली शुरू

वीरगञ्ज – वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीकाे सहजताका लागि मंगलबारदेखि अनलाईन प्रणाली कार्यान्वयनमा ल्याइएको छ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नको लागि सेवाग्राहीले भोगिरहेको झण्झटलाई हटाउन अनलाइन प्रणाली प्रयोगमा ल्याइएको यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कमल गाैतमले बताए।

मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएकाे गाैतमले जानकारी दिए।अनलाइन प्रणाली कार्यान्वयनमा ल्याइएपछि सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

सरकारले लाइसेन्स प्राप्तिको प्रणाली अनलाइन गरेको बताए पनि अझै बायोमेट्रिक, स्वास्थ्य जाँच, लिखित परिक्षा र ट्रायलको लागि भने कार्यालय वा तोकिएको ठाउँमा उपस्थित हुनुपर्नेछ । प्रणाली पूर्ण रुपमा कार्यान्वयन भएपछि सेवाग्राहीले लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाएको गौतमले बताए ।कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन यातायात व्यवस्था विभागले साबिकको प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको हाे।

अब सवारी चालक अनुमतिपत्रका लागि आवेदन गर्ने, स्वास्थ्य परीक्षण प्रतिवेदन प्राप्त गर्ने, राजस्व भुक्तानी गर्ने लगायतका सेवा अनलाइन प्रणाली बाटै गर्न मिल्ने गाैतमले बताए।

२०८० कार्तिक २१, मंगलवार १३:३५ गते 1 Minute 62 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार