२०८० मंसिर १६ शनिबार

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साद्वारा तिन महिनामा पच्चीस लाख तिस हजार राजस्व सङ्कलन

वीरगञ्ज – जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आर्थिक वर्ष २०८०/०८१ को ३ महिना मै रु. २५ लाख ३० हजार ५० राजश्व संकलन गर्न सफल भएको छ ।

पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाका अनुसार श्रावण महिनामा २ सय ७१ वटा ट्रक, ७१ वटा कार/जिप/भ्यान, ३ वटा ट्रेक्टर, ३ सय ३३ मोटरसाइकल र ३६ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. ६ लाख २६ हजार ५ सय राजश्व संकलन गरेको थियो ।

यसैगरी भदौ महिनामा ५ सय ४३ ट्रक, २ वटा बस, १ सय ११ वटा कार/जीप/भ्यान, १० वटा ट्रेक्टर, ६ सय १३ वटा मोटरसाइकल र ३७ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १२ लाख २१ हजार ५ सय राजश्व संकलन गर्न सफल भएको थियो ।

साथै असोज महिनामा अर्थात् प्रहरी निरीक्षक खतिवडाको आगमन संगै राजश्व संगै विभिन्न सवारी साधनहरुको कारवाहीमा बृद्धि पनि हुन थालेको छ ।

असाेजमा ७ सय ९६ ट्रक, २१ वटा बस, २ सय ५ कार/जीप/भ्यान, २८ वटा ट्याक्टर, ८ सय ८४ वटा मोटरसाइकल, ५५ बटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १९ लाख ३ हजार ५ सय ५० राजश्व संकलन भएको छ ।

२०८० कार्तिक २२, बुधबार १३:३८ गते 1 Minute 78 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार