२०८० मंसिर १६ शनिबार

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगोली प्रतियोगिता सम्पन्न

वीरगञ्ज – लिटल बडी इन्टरनेशनल प्रि स्कुल वीरगंजमा बिहिबार अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न भएकाे छ ।

वीरगञ्ज ८ पानीटंकीस्थित रहेकाे स्कुल परिसरमा भएकाे प्रतियाेगितामा ५ समुह गरि १० जना अभिभावले भाग लिएका थिए । ए, बि, सि, डि र ई समुह गरि भाग लिएकाेमा सि समुह प्रथम, डि समुह द्वितिय र ई समुह तृतिय भएकाे स्कुलका प्रिन्सपल बिजय बालले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुनेलाई आगामि महिनाको मासिक शुल्कको २०% छुट, द्वितीय हुनेलाई आगामि महिनाको मासिक शुल्कको १५% छुट र तृतीय हुनेलाई आगामि महिनाको मासिक शुल्कको १०% छुट प्रदान गरिने प्रिन्सपल बालले वताए ।

प्रिन्सपल बालकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे निर्णायक मण्डलमा माउन्ट मकालु स्कुलका सहायक प्रिन्सपल रेखा जैसी रहेकी थिइन ।

प्रतियाेगिताकाे अतिथीहरुमा प्याबसन पर्साका सचिव राहुल श्रीवास्तव, संचारकर्मी हरिशंकर शर्मा, दिपु बर्णवाल, नविन कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

साथै, नेपाली संस्कृति झल्काउने विद्यालयका साना साना नानी बाबुसंग देउसी भैलो कार्यक्रम पनि संचालन गरि तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिने स्कुलकी शिक्षिका सुप्रिया पाैडेलले जानकारी दिइन ।

२०८० कार्तिक २३, बिहीबार २१:३८ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार