
सर्लाही – २३ कार्तिक। प्रहरी संगठनमा सबै राम्रा र असल हुन्छन् भन्ने पनि छैन । त्यहि संगठन भित्र बाटै कसैले संगठन र देशको ईज्जत राख्ने काम गर्छन् भने कसैले संगठनलाई बदनाम बनाउँछन् ।
यस्तै संगठनलाई बदनाम गराउने क्रममा आईतवार सिमा प्रहरी चौकी संग्रामपुरका इन्चार्ज प्राय सधै विवादमा आइरहने असई यादवले १९ गते राती पिकअप भ्यानमा फूलका होलसेल व्यापारी सन्तोष भण्डारीले ल्याएको फूल रोकेर चालिस हजार घुस लिएको आरोपमा २० गते निलम्बनमा परेका छन ।
केही पैसाको लोभमा पर्दा असई यादवले संगठनभित्र मात्र नभएर सामाजिक रूपमा पनि तिरस्कृत हुने वातावरण सिर्जना भयो । यो त एक उदाहारण मात्र हो यस्ता प्रहरी संगठनमा धेरै छन् जसको कारण प्रहरीप्रति जनमासमा वितृष्णा बढ्दै गएको छ ।
प्रसङ्ग हो – जिल्ला प्रहरी कार्यालय सर्लाहीको । जिल्ला प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले तस्करलाई खुसी र सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
आईजिपी बसन्त बहादुर कुँवर र मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले तस्करी रोक्न पटक पटक गरेको आदेश लत्याउदै एसपी प्रविन धितालले परिचालन गरेका घुमुवा यादवले तस्करीको लाईन दिएर रकम असुल गरिरहेको खुलेको छ ।
सर्लाही जिल्लाका प्रहरी प्रमुख एसपी प्रविन धितालको घुमुवा प्रहरी सहायक हवल्दार राम अयोध्या प्रसाद यादवले सिमानाकामा भन्सार छली चोरी तस्करी गर्ने अबैध कारोबारीबाट रकम असुली गरिरहेको समाचार सुत्रबाट रिपोर्ट नेपाललाई प्राप्त भएको छ ।
घुमुवा यादवले मलंगवाका कपडा तस्कर बिजय महतोसँग १ लाख, कपडा तस्कर हसिन मियासँग ५० हजार, कपडा र हार्डवेयरको तस्कर जयकिशोर यादवसँग ४० हजार, कपडा तस्कर बिजय चौधरीसँग १ लाख, कपडा तस्कर कम्रे आलमसँग ५० हजार,छोहडा र मोटर तस्कर उमेश राउतसँग ३ लाख, कपडा तस्कर सरोज यादवसँग १ लाख, कपडा तस्कर रामवीर महतोसँग १ लाख, कपडा तस्कर श्याम साहसँग १ लाख, कपडा तस्कर राजेश महतोसँग ५० हजार, कपडा र सुर्ती तस्कर रोशन यादवसँग १ लाख, कपडा तस्कर बिजय साहसँग ५० हजार, कपडा , चिनी र तेलको तस्कर भाइलोगको समुहसँग ३ लाख, कपडा तस्कर रामपुकार साहसँग ५० हजार, कपडा तस्कर उमेश साहसँग ८० हजार लिएको पाइएको छ । उनीहरु लगायतका तस्करहरुसँग महिनाको दररेट अनुसार रकम बुझेर तस्करीको लाईन दिएको कुरा यत्र तत्र सर्बत्र फैलिएको छ ।
सर्लाहीका प्रहरी प्रमुख एसपी धितालले कार्वाही गर्नुको साटो बिवादित र बदनाम घुमुवा प्रहरी सहायक हवल्दार यादवलाई संरक्षण दिइरहेका छन् । जसका कारण घुमुवा यादवको असुली धन्दा सिमा नै नाघ्न थालेको एक पीडित व्यवसायी बताउँछन् ।
यति मात्र हैन घुमुवा सहायक हवल्दार यादवले दोहाेरो भुमिका खेल्ने गरेको ब्यापारीहरुको गुनासो छ । तस्कर ब्यापारीसँग एसपीको नाममा मोटो रकम बुझेर लाईन पनि दिने पैसा पनि लिने र त्यही समान पक्राउ पनि गरेर दोहरो भुमिका खेल्ने गरेको आरोप पनि ब्यापारीहरुले घुमुवा यादवमाथी लागाएका छन ।
२०७७ जेठमा रौतहटको भन्सार सुरक्षा गार्ड चौकीमा कार्यरत हुँदा डिउटीमा रहेका जवानले समातेको छोहडा घुमुवा यादव आफैले तस्करको घरमा पुर्याएको कुरा मधेश प्रदेशका डिआईजी धिरज प्रताप सिंहको कानम पुगे पछि डिआईजी सिंहको निर्देशनमा जिल्ला तानी प्रहरी रेकर्डमा जानिने गरि नसिहत कार्वाही खाएका बिवादित प्रहरी हुन । कार्वाही खाएकाे १ महिना नबित्दै सोर्सफोर्स लगाएर ईलाका प्रहरी कार्यालय गरुडाका घुमुवा भएर बसेर त्यहा पनि अबैध असुली गरि आतंक नै मचाएका थिए ।
बारा जिल्ला घर रहेका घुमुवा यादव जागिर प्रवेश गरे देखि अहिले सम्म जहाँ गए पनि हाकिमलाई खुशी पारेर चाप्लुसी गरेर होस या शक्तिकेन्द्रमा भनसुन गराएर या टेण्डर हालेर होस घुमुवा बस्न सफल हुन्छन । घुमुवा बसेर अबैध असुलीबाट धेरै धनसम्पती आर्जन गर्न सफल भएका यादव असुली धन्धामा माहिर खेलाडीका रुपमा कहलिएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।