२०८० मंसिर १६ शनिबार

आर्केस्ट्राका दुई नाबालिकाको उद्धार, चारजना पक्राउ

वीरगञ्ज – मानव बेचबिखन नियन्त्रण एकाइ क्षेत्रीय मुख्यालय एसएसबी बेतियाको ४७औं कोर सशस्त्र सीमा बल रक्सौल, मिशन मुक्ति फाउन्डेशन, रेस्क्यू फाउन्डेशन, प्रयास किशोर सहायता केन्द्र, बाल सहायता रेखा उद्धार र राहत प्रतिष्ठान नौतन पुलिस स्टेशनले आर्केस्ट्रामा छापा मारी दुई नाबालिकाको उद्धार गरी चारजनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र नाबालिग बालिकाको शोषण रोक्न ‘निर्भया सुरक्षा’ नामक अभियान अन्तर्गत नाबालिकाको उद्धार गरिएको इन्स्पेक्टर मनोजकुमार शर्माले बताए ।

नियन्त्रणमा लिइएका नाबालिकाहरूसँग काउन्सिलिङ गर्ने क्रममा आर्केस्ट्राका कन्डक्टर अञ्जलीले बङ्गालबाट उनीहरूलाई ल्याएर अश्लील नाचगान गराउने गरेको बताए । प्रहरीले अञ्जली, मिठु, आफताब (आकाश) र मदुकान्तलाई पक्राउ गरेको छ ।

दुवै पीडित नाबालिकाको स्वास्थ्य परीक्षणपछि चारजना आर्केस्ट्रा कन्डक्टरविरुद्ध एफआरआई दर्ता गरी पीडित नाबालिकालाई आश्रयगृहमा पठाइएको थियो । उद्धार टोलीमा इन्स्पेक्टर मनोजकुमार शर्मा, हवल्दार राहुल भीमराव चरत्से, हवल्दार चक्मा, पम्मी मिश्र, कल्पना वाजपेयी, इग्निशियस लेप्चा, सबइन्स्पेक्टर सुधा कुमारी, वीरेन्द्र कुमार, मिशन मुक्ति फाउन्डेशनका दिलीप कुमार, त्रिवेणी आचार्य, संस्थापक अक्षय पाण्डे, रेस्क्यू फाउन्डेशनका अनुसन्धान अधिकृत पवन कुमार, अमित कुमार, अनुप्रिया विलियम, सोनु कुमार, प्रयास किशोर, नौतन प्रहरी चौकीका एसआई अमरजीत भारद्वाजलगायत थिए ।

२०८० कार्तिक २४, शुक्रबार ००:४१ गते 1 Minute 70 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार