
वीरगञ्ज – नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले सप्तरीको सुरुङ्गा नगरपालिकामा शैक्षिक सामग्री वितरण गरेको छ ।सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर २ मा रहेको श्री जनता आधारभुत विद्यालय कमलपुरमा नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशले शैक्षिक सामग्री वितरण गरेको हो ।
श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष सरला भट्टराइले विद्यालयका एक सय जनालाई विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकी हुन् ।विद्यायलयमा अध्ययनरत खासगरी अल्पसंख्यक, सिमान्तकृत र पिछिडिएको समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष भट्टराइ बताउँछिन् ।
उनका अनुसार श्री जनता आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपी, कलम, पेन्सिल, इरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।अल्पसंख्यक, सिमान्तकृत र पिछिडिएको समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभावका कारण पढाइमा असर नपरोस भन्ने उद्देश्यले वितरण गरिएको श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष भट्टराइको भनाइ छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।