२०८० मंसिर १६ शनिबार

टिकटक बन्द गर्ने सरकारकाे निर्णय स्वागत याेग्य छ : प्रमुख सचेतक यादव

वीरगञ्ज – जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेपालमा टिकटक बन्द गर्ने सरकारकाे  निर्णयकाे स्वागत गरेका छन‍्।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ। त्यसको समर्थनमा  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुर्व वनमन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य समेत रहेका यादवले टिकटक बन्द गर्ने सरकारकाे निर्णयकाे स्वागत गरेका हुन्।

उनले टिकटक बन्द गर्ने निर्णय गरेकाेमा सरकारलाई धन्यवादपनि दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा यादवले लेखेका छन्,‘धन्यवाद नेपाल सरकार। नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सो निर्णय स्वागत योग्य छ।नेपाल सरकार लाई धन्यवाद दिन चाहन्छू।’

२०८० कार्तिक २७, सोमबार १५:२४ गते 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार