२०८० मंसिर १६ शनिबार

वीरगञ्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

वीरगञ्ज –  छठ पर्ब मनाउन वीरगन्ज कारागारका महिला कैदीबन्दीहरुलाई साडी र गँहुकाे पिठाे वितरण गरिएको छ।वीरगञ्जको ओैद्योगिक घराना रुङ्गटा वेयल फेयर साेसाइटीले साेमबार कारागारका ७२ जना महिला कैदीबन्दीलाई जनही एक एक थान साडी र दुई दुई किलाेग्राम पिठाे वितरण गरेकाे हाे।साेसाइटीका अध्यक्ष  सुरेश रुङ्गटाले कारागारमै पुगेर महिला कैदीबन्दीलाई साडी र पिठाे प्रदान गरे।

त्यस अवसरमा पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चाैगाई,युवा अभिन्ता दिलिपराज कार्की, ट्राफिक प्रहरी निरीक्षक भाष्करराज खतिवडा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगेटी लगायतको उपस्थिति थियाे।

रुङ्गटा वेयल फेयर साेसाइटीले हरेक वर्ष छठ पर्वमा कारागारका महिला कैदीबन्दीलाई साडी र पिठाे वितरण गर्दै आएकाे छ ।

२०८० कार्तिक २७, सोमबार १५:१६ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार