
वीरगञ्ज – पर्सागढी गाउँपालिकको वडा न ९ स्थित सिङ्गे पुलमा मापसे गरि पुलमा सजाइएको राष्ट्रिय झन्डा च्यत्ने ११ जानलाई ईलका प्रहरी कार्यालय पटेर्वा सुगौलिले पक्राउ गरेको छ ।
उनीहरुलाई १० दिनको म्याद थप गरि सर्बजनिक मुदासमेत चलाइएको ईप्रका पटेर्वा सुगौ प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।
प्रहरी निरीक्षक केशरी आनुसार मिति २०८०/७/२९ गते बुधबार राति पर्सागढी गाउँपालिकको वडा न ९ स्थित सिङ्गे पुलमा उनिहरु सबैजना मापसे गरि पुलमा हो हल्ला गर्दै राष्ट्रिय झन्डा च्यते पछी स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए।
खबरको आधारमा उनिहरुलाई प्रहरी टोलि खटाइ पक्राउ गरिएको निरीक्षक केशरीले बताए ।पक्राउ पर्नेमा पर्सागढी गाउँपालिक वडा न १ मनवा टोलका अंगीत पटवारी, सुलभ श्रेष्ठ,बिश्वास चौधरी, निर्मल चौधरी,कृष्ण प्रसाद पोख्रेल, बिराज ठाकुर,दिपु ओझैया,सागर चौधरी, त्यसैगरी सखुवा प्रसौनी गाउँपलिका वडा न १ सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्कि चौधरी रहेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।