२०८० फाल्गुन १० बिहीबार

पटेर्वा सुगाैलीमा १२ महिलासहित ३ सय जनाद्वारा रक्तदान

वीरगञ्ज – इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

अन्तराष्ट्रिय महिला हिसाँ अन्त्य दिवसको अवसरमा भएकाे कार्यक्रममा १२ महिलासहित ३ सय जनाले रगत दान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा रक्तदान सम्बन्धी सचेतना बढाउनुको साथै रगत उपलब्धतालाई सहज बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको इलाका प्रहरी कार्यालयका पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।

इलाका प्रहरी कार्यालयका पटेर्वासुगौली मै भएकाे कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रक्तदातालाई रगतको पोका दिएर गरेका थिए ।

२०८० मंसिर १०, आईतवार ०८:१८ गते 1 Minute 63 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार