२०८० फाल्गुन १० बिहीबार

भूकम्प प्रभावित क्षेत्रका जनतासँग जनमत पार्टीका अध्यक्ष डा सिके राउत

वीरगञ्ज – जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । संसदीय विकास पूर्वाधार समितिका सदस्यसमेत रहेका डा. राउत आइतबार बिहान भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोटको भेरी गाउँपालिका पुगेका हुन् ।अध्यक्ष राउतले भूकम्पबाट अति प्रभावित घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेका छन् ।

भेरी गाउँपालिकाको वडा नम्बर १ मा उनले करिब दुई सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले जानकारी दिए ।उनका अनुसार भूकम्प पीडितहरुको जीवनस्तर, पुनर्निर्माण लगायतको समग्र अवस्थाबारे बुझ्न अध्यक्ष राउत जाजरकोट पुगेका हुन् । विपद्मा परेकाहरुलाई दुःखमा साथ दिन र उनीहरुको समस्या बुझेर समाधानका लागि सरकारलाई ध्यानाकर्षण गराउन राउत त्यहाँ पुगेको यादवले बताए ।

अध्यक्ष डा. राउत भूकम्प प्रभावित क्षेत्रमा पुग्दा भूकम्प पीडितहरु आश्चर्यचकित भएको पार्टीका प्रवक्ता डा. यादव बताउँछन् । मधेसवादी दलको नेता भनेर चिनिए पनि पहाडी क्षेत्रमा नागरिकलाई परेको समस्याप्रति सहानुभूति जनाउन आएकोमा स्थानीयवासी चकित भएको उनको भनाइ थियो ।यादवका अनुसार अध्यक्ष राउत दुई दिन भूकम्प प्रभावित क्षेत्रमा रहनेछन् । राउतले सोमबार पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने यादवले जानकारी दिए । 

२०८० मंसिर १०, आईतवार २३:०८ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार