२०८० फाल्गुन १० बिहीबार

जनमत पर्साद्वारा रङभेद विरुद्धको एकता दिवस मनाइयो

वीरगञ्ज – जनमत पार्टीले आइतबार वीरगञ्जमा पनि रङ्गभेदविरुद्धको एकता दिवस मनाएको छ । पार्टीको जिल्ला कार्यसमितिले वीरगञ्जको घण्टाघर चोकमा रङ्गको आधारमा आक्रमण अन्त्य गर भन्ने मूल नाराका साथ दिवस मनाएको हो ।

२०७१ मंसिर १० गते काठमाडौँको सुनधारा क्षेत्रबाट जनमता पार्टीका राष्ट्रिय अध्यक्ष डा. चन्द्र कान्त राउत (सिके राउत) लगायत तिन सय भन्दा बढी मधेसीहरूलाई गिरफ्तार गरिएको र त्यस क्षेत्रमा कालो छाला भएको मान्छे देखिने बित्तिकै गिरफ्तार गरिने कार्यको विरोधमा जनमत पार्टीले प्रत्येक वर्ष मङ्सिर १० गतेका दिन रङ्गभेद विरुद्धको दिवस मनाउँदै आएको छ ।

जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफका अनुसार मङ्सिर १० गते कै दिन वीर अस्पताल जान लागेका बिरामी कुरुवा तथा कालो वर्णका सादा पोसाकका मधेसी प्रहरी कर्मचारीलाई समेत गिरफ्तार गरिएको थियो । नेपाल सरकारको उक्त गिरफ्तारी रङ्गको आधारमा गरेकोले मङ्सिर १० गते रङ्गभेद विरुद्धको दिवस मनाउन थालिएको उनले बताए ।

सरार्फ कै अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला इन्चार्ज माधव सिंह, राष्ट्रिय परिषद् सदस्य डा. अजय यादव, जिल्ला सह-इन्चार्ज मुकेश द्विवेदी, युवा नेताहरू राजुराज गिरी, सञ्जय सिंह, उमाशङ्कर गुप्ता लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टीकी नेतृ अनिता रौनियार जिल्ला उपाध्यक्षद्वय प्रमोद यादव, अमरनाथ सिंह राठौर, जिल्ला सचिव शशी पाण्डे, कोषाध्यक्ष अभिसेख तिवारी लगायतको उपस्थिति रहेको थियो ।

रङ्गभेदी गिरफ्तारीको सम्झना स्वरूप, देश र विदेशमा मधेसीमाथि भइरहेको विभेद अन्त्य गर भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको अध्यक्ष सर्राफले बताए ।

२०८० मंसिर १०, आईतवार २१:५३ गते 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार