२०८० फाल्गुन १० बिहीबार

स्रोत नखुलेको रु १० लाखसहित एक भारतीय पक्राउ

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगंजबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा.पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजेको समयमा वीरगंज-१६ स्थित भन्सार रोडबाट पूर्वी चम्पारण रक्सौल -७ अरुवाटोल बस्ने बर्ष २३ को उमेश यादवलाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर०५एआर ८१०१ नम्बरको मोटर साइकलमा सवार भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा निजले प्रयोग गरेको हेलमेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको श्रोत नखुलेको नेपाली १० लाख रुपैयाँ फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका सूचना अधिकारी डिएसपी संगम श्रेष्ठले वताए ।

पक्राउ परेका यादवलाई फेला परेका रुपैयासहित आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

२०८० मंसिर १२, मंगलवार १९:५६ गते 1 Minute 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार