२०८० फाल्गुन १० बिहीबार

नक्कली प्रहरी पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले वीरगञ्जबाट एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २३ हरपतगञ्जबाट बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल निवासी ४५ बर्षिय गोबिन्द महतो कोईरीलाई पक्राउ गरेको हो ।

कोईरीले ५/६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी महिनवारी रकम उठाइरहेको सूचनाको आधारमा सुगौली विर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हरपतगञ्जस्थित ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले बुधबार दिउसो १ः३० बजे कोईरीलाई नियन्त्रण लिई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

२०८० मंसिर १५, शुक्रबार १६:०५ गते 1 Minute 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार