२०८० फाल्गुन १० बिहीबार

बैंकले बढी ब्याज लिएको प्रमाण भए फिर्ता गराउछौ खबर गर्नुस् : गभर्नर अधिकारी

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले १६ प्रतिशत भन्दा बढी व्याज लिएको भए उजुरी दिन आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रका समाज (सेजन)को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन भनेका हुन् ।

पछिल्ला केहि दिनमा बैंकहरुले १६ प्रतिशतभन्दा बढी ब्याज लिएको भन्दै हल्ला फैलिएपछि उनले त्यस्तो भएमा प्रमाणसहित उजुरी दिन भनेका हुन् । साथै उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउनेसमेत आश्वासन दिए ।

‘ऋण तिर्न नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन् । यो समस्या राज्यका कारण भएको होइन । कसरी तिर्ने भन्ने व्यवसायीको योजना नहुनु हो,’ उनले भने, ‘बाहिर हल्ला र्फलाइएजस्तो बढी ब्याज लिएको पाइए फिर्ता गराउँछौं । तर, प्रमाणित हुनपर्यो ।’

उनले गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको पनि बताए ।

२०८० मंसिर १५, शुक्रबार १३:१७ गते 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार