२०८० फाल्गुन १० बिहीबार

लायन्सको क्याबिनेट बैठक वीरगञ्जमा सम्पन्न

वीरगञ्ज – लायन्स क्लब इन्टरनेशनल–३२५ एसको शनिवार वीरगंजमा जिल्ला क्याबिनेट बैठक सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेशनल–३२५ एस, एरिया–३ ले आयोजना गरेको बैठकको मधेस प्रदेशका वन तथा वातावरण मन्त्री रमेश पटेलले उद्घाटन गरेका थिए ।

उनले लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरे । मन्त्री पटेलले आफू वनमन्त्रीको पदभार सम्हालेदेखि चुरे क्षेत्रको संरक्षणमा लागिपरेको बताए । उनले चुरेको संरक्षण नभएमा मधेसको अस्तित्व नै समाप्त हुने भन्दै चुरेको संरक्षणमा कार्यक्रम ल्याउन सुझाए ।

उनले चुरेको संरक्षण नभए मधेस प्रदेशमा पानीको हाहाकार मचिने भन्दै यसको संरक्षणमा लायन्स क्लबका साथै सरोकारवाला सबैको ध्यान केन्द्रित हुुनुपर्नेमा जोड दिए ।

बैठकमा लायन्स क्लब इन्टरनेशनल–३२५ एससँग आबद्ध शाखाहरूले आआफ्नो तीन महीने कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लायन्सका रमेश अग्रवाल, अमरबहादुर श्रेष्ठ, तोसी डोल्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वासु तिमिल्सिनाले गरेका थिए ।

२०८० मंसिर १७, आईतवार १०:०८ गते 1 Minute 72 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार