२०८० फाल्गुन १० बिहीबार

वीरगञ्जमा लागूऔषधसहित हेटौँडाका तिन जना पक्राउ

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको प्रहरी चौकी ईनार्वाका बरिष्ठ प्रहरी नायब निरीक्षक सन्तोष केसीको कमाण्डमा रजतजयन्ती चोकमा खटिएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको ना.३० प ७७४६ नम्बरको स्कुटीलाई रोकी खानतलासी गर्दा हुडी भित्र लुकाई ल्याएको लागु औषध खैरो हिरोइन ०.६२० मिलीग्राम बरामद गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए।

त्यसैगरि प्रहरी चौकी ईनार्वाले रजतजयन्ती चोकबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीलाई चेकजाँच गर्दा प्लास्टिकको झोला भित्र प्रतिबन्धित लागु औषध नाईट्राजेपाम नाइजा एक्यान प्रति पत्तामा १० ट्याब्लेटका दरले ७ पत्तामा ७० ट्याब्लेट सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रतिबन्धित लागूऔषध खैरो हिरोईन सहित हटौडा वडा१ का सुवास पौडेल, समीप श्रेष्ठ र हटौडा १४ का साजन पौडेललाई नाईट्राजेपाम सहित नियन्त्रणमा लिई लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका छन्।

२०८० मंसिर १९, मंगलवार ०९:५९ गते 1 Minute 61 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार