२०८० फाल्गुन १० बिहीबार

अलाइड युथ सोसाइटीद्वारा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवसको अवसरमा शान्तिपूर्ण र्‍याली

वीरगञ्ज – वीरगञ्जमा शनिवार अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइएको छ । अलाइड युथ सोसाइटी वीरगञ्जले भ्रष्टाचारको विरुद्धमा दिवसकै अवसरमा शान्तिपूर्ण र्‍याली निकालेको छ । 
अलाइड युथ सोसाइटीका अध्यक्ष ओम कुमार झाको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट निकालिएको र्‍याली माइस्थान, आदर्शनगर, मकालु, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएको टुंगिएको थियो । 

शान्तिपूर्ण र्‍यालीपश्चात कोणभालाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मिले भ्रष्टाचार नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । पछिल्लो समयमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि विद्यार्थीदेखि नै जनचेतना फैलाउनुका साथै सबैलाई सचेत बनाउनुपर्ने आवश्यक्ता उनले औँल्याए । 

हेल्प टुगेदर फाउण्डेशनसँगको सहकार्यमा भएको शान्तिपूर्ण र्‍यालीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वीरगञ्ज सामाजिक संस्था महासंघका सचिव बिकी सर्राफ, रिशु वर्मा, विद्यार्थी नेता पवन यादव लगायतको उपस्थिती रहेको अलाइड युथ सोसाइटी वीरगञ्जकी कोषाध्यक्ष शीतल थापाले जानकारी दिइन् । 

२०८० मंसिर २३, शनिबार १८:५८ गते 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार