२०८० फाल्गुन १० बिहीबार

उपप्रमुखको विरोधमा वीरगंज महानगरका कर्मचारी आन्दोलित

वीरगञ्ज – महानगरपालिका सहकर्मीहरुमाथि उपप्रमुख सहित उनको सचिवालयको टोलीले गरेको अभद्र व्यवहारको विरोध गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् ।स्थानीय तह कर्मचारी संघ वीरगञ्ज महानगर इकाई समितिले मंगलबार महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै भोलीदेखि कालोपट्टी बाँधेर विरोधको कार्यक्रम सुरु गर्ने जानकारी दिएका हुन् ।


समितिले महानगरमा विभिन्न महाशाखा शाखाहरुमध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालिगलौज गर्दै अभद्र व्यवहार गरेको प्रति खेद व्यक्त गर्दै आन्दोलन गर्न बाध्य भएको जनाएको छ ।

नेपाली कांग्रेसबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका ठाकुर उपप्रमुख इम्तियाज आलम निकट व्यक्ति हुन् ।यस्तै पंजिकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता शास र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गाली गलौज गर्दै अभद्र व्यवहार गरेको प्रति पनि इकास समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


उपप्रमुखकै सचिवालयमा कार्यरत कर्मचारी (शिक्षक) रविनन्दन सिंहले समेत कृषि शाखामा कार्यरत कृषि अधिकृत रोशनी यादवलाई पटक पटक डर, धाक धम्की दिँदै गाली गलौज गर्ने गरेको घटना निन्दनीय रहेको पनि इकाइ समितिले जनाएको छ ।उपप्रमुख र उनको सचिवालयको टोलीले प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने गरेकाले आफूहरु बाध्य भएर आन्दोलित हुनु परेको इकाई समितिका अध्यक्ष मुकेश गुप्ताले बताउनुभयो ।


उपप्रमुख तथा उनको सचिवालय सदस्यहरुको कार्यशैलीको विरोधमा बुधबार र बिहीबार २ दिन हातमा कालो पट्टी बाँधेर काम गर्ने र त्यस पछि पनि समस्याको निकास ननिस्किए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अध्यक्ष गुप्ताले बताउनुभयो ।महानगरका सम्पूर्ण कर्मचारीहरुको मान मर्दन तथा असुरक्षित भएको महसुस हुन आएकाले बाध्य भएर विरोधमा उत्रनु परेको भन्दै गुप्ताले यसलाई तत्काल निकास दिन पनि उहाँले प्रमुखअ सिंहसँग आग्रह गर्नुभयो ।


महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन इकाई समितिका अध्यक्ष गुप्ता सहित उपाध्यक्ष सुधिर जंग राण, सचिव पवन प्रधान, सहसचिव मन्जित यादव, सुभद्रा बन्जरा लगायतको टोली पुगेको थियो । यस अघि मंगलबार (आज) बिहान पंजिकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुख सहित उनको सचिवालयको टोली र वडाअध्यक्षहरु बीच विवाद हुन पुगेको थियो । विवादलाई उग्र हुन नदिन जिल्ला प्रहरीको टोली दिन भर महानगरमा तैनाथ भएको थियो

२०८० मंसिर २६, मंगलवार १९:५० गते 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार